aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चैते धान खेती घट्दो, सस्तोमा बिक्री गर्नुपर्दा कृषक आकर्षित हुन छाडे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
चैते धान खेती घट्दो, सस्तोमा बिक्री गर्नुपर्दा कृषक आकर्षित हुन छाडे

काठमाडौं । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ ।

कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् । अहिले जिल्लामा चैते धान रोपाइँँ भइरहेको छ । करिब ७० प्रतिशत रोपाइँँ कार्य सम्पन्न भएको उनले जानकारी दिए । लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ । उनले भने, “युवा शक्ति विदेशिदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ ।” 

चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ । चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उनले सुनाए । जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ ।

चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस