aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिडी पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
रिडी पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट सहमति पाएको छ । आयोगले बैशाख ३ गते कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो । आयोगको स्वीकृति पाएसँगै कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभा पेस गर्न बाटो खुला भएको छ । 

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस शेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

यो हकप्रद बिक्रीबाट संकलन हुने रकम १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माणका लागि खर्चिनेछ । वार्षिक साधारण सभाबाट पारित गराएपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस