aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड बराबरको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

उक्त हकप्रद शेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय कम्पनीले गरेको हो । 

त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने जानकारी कम्पनीले दिएको छ । विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि विशेष साधारणसभाबाट हकप्रद शेयर निष्कासनको प्रस्ताव कम्पनीले पारित गर्नेछ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको स्वीकृति लिनुपर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस