aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टिभिएसको रमाइलो दौडमा, बाइक र स्कुटर खरिदमा १ लाख छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
टिभिएसको रमाइलो दौडमा, बाइक र स्कुटर खरिदमा १ लाख छुट

काठमाडौं । गदम्बा मोटसले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना टिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड “टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड” शनिबार काठमाडौंमासम्पन्न भएको छ । दशैको दौड एक यस्तो उपभोक्ता योजना हो जहाँ ग्राहकहरुले बाइक किन्नु अघि र किनेपछि दुवै पटक उपहार जित्न सक्नेछन् ।

दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरण नागरिकहरु लगायत विभिन्न चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको उत्साहजनक सहभागीता रहेको थियो । रमाइलो दौड विहान ८ बजे नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । 

दौडको प्रारम्भ गर्दैं खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले भने ”यसप्रकारको छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । स्वास्थ्य प्रति सजग गराउने लक्ष्यका साथ यसप्रकारको रमाइलो दौड आयोजना गरेकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छँु ।

यस्तै सोही दौडमा सहभागी बन्नु भएका चर्चित कलाकार  निखिल उप्रेती र प्रदिप खड्काले यो दौड प्रतियोगिता भन्दा पनि रमाइलो र मनोरन्जनको लागि आयोजना गरिएकोले सहभागी बन्न पाउँदा आफूलाई पनि रमाइलो लागेको बताए । 

रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा सक्ूटर खरीदमा १ हजार रुपैयाँ नगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो । उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मीका  हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका  गजेन्द्र राई विजयी भएका थिए ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक  शाहिल अग्रवालले भने ”सर्वप्रथम त म जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको यसप्रकारको रमाइलो दौडलाई सफल बनाउनमा तपाईंहरुले उत्साहजनक रुपमा सहभागी भै दिनु भएकोमा म कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस