aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले पायो अनुमति

काठमाडौं । घोराही सिमेन्ट इनडष्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।  

कुल कित्ता आईपीओमध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता शेयर सर्वसाधारणमा वितरण हुनेछ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई फरक फरक मूल्यमा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

बोर्डले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता रू. ४०० र सर्वसाधारणलाइ प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस