aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माबिलुङ्ग इनर्जीले १८ लाख ९० हजारभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
माबिलुङ्ग इनर्जीले १८ लाख ९० हजारभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्नको लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न गरेको छ । वैशाख ७ गते कम्पनीले आईपीओ निष्कासन तथा विक्रीका लागि लक्ष्मी क्यापिटलसँगै बिक्री प्रबन्धकको लागि सम्झौता गरेको हो । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सोहि प्रयोजनको लागि बिहीबार कम्पनीले लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र माबिलुङ्ग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माण तथा सञ्चालनका लागि कम्पनीले आईपीओमार्फत पूँजी जुटाउन लागेको हो । हाल उक्त आयोजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस