
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ३५ औँ साधारण सभा बोलाएको छ । उद्योग सञ्चालक समितिको १०४५ औँ बैठकले यहि बैशाख २९ गते शुक्रबार दिउँसो ३ बजे बस्ने निर्णय भएको हो ।
उक्त साधारण सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल हुनेछ । यसका साथै पब्लिक कम्पनीको खुद सम्पत्ति (नेट वर्थ)को बारेमा समेत जानकारी गराइनेछ ।
त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सानी हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, गत आर्थिक वर्षको महालेखा परिक्षकको कार्यालयबाट नियुक्त लेखा परिक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
प्रतिक्रिया दिनुहोस