
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको शेयरमूल्य ५६९.५९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६१८ रुपैयाँमा भएको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतका दरले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस