aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड अभिनेता शाहरुखलाई हेर्न आएका माथि  लाठी चार्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
बलिउड अभिनेता शाहरुखलाई हेर्न आएका माथि  लाठी चार्ज

एजेन्सी । सबैलाई इद मुबारक, आज यस अवसरमा सबैको घरघरमा उत्सवको माहौल देखिएको छ । बलिउड अभिनेता शाहरुख खानले पनि फ्यानहरुलाई ‘इदी’ दिएका छन् । हरेक वर्ष झै यस वर्ष पनि किंग खान आफ्ना फ्यानलाई भेट्न मन्नतबाट बाहिरिए ठूलो भिड थियो ।

‘दिलवाले दुल्हनिया ले जायेंगे’ को सिग्नेचर पोज दिएर ईद मुबारक भने । यति मात्र होइन, शाहरुखसँगै उनका कान्छो छोरा र प्रिय अब्राम खान पनि फ्यानलाई भेट्न मन्नत बाहिर आएका थिए । दुबैजना सेतो पहिरनमा थिए ।

इदको अवसरमा शाहरुखलाई हेर्न मन्नतबाहिर हजारौं फ्यानहरू उपस्थित थिए। सबै फ्यान एक्कासी सडकमा आएपछि प्रहरीले उनीहरुलाई हटाउन हल्का लाठी चार्ज गरेको देखियो । यस क्रममा कोही हताहत भएन तर भागदौड भएको भए धेरै चोटपटक लाग्न सकिन्थ्यो ।यस क्रममा प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा मानिसहरु भागेका थिए ।

प्रतिक्रिया दिनुहोस