aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘१५ दिन माग धान्न मुस्किल छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘१५ दिन माग धान्न मुस्किल छ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताएका छन । नेपालको विद्युत भार थेग्न नसकेको स्वीकारेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै सुख्खा याममा बिजुली उत्पादन नहुँदा अघोषित लोडसेडिङ भएको स्वीकारे । 

अबको १५ दिनपछि प्रि मनसुन सुरु हुने उनको दावी थियो । अबको १५ दिनपछि विद्युत धेरै उत्पादन हुने भएकाले निर्यात कसरी गर्ने भन्नेमा चिन्तित समेत आफूहरुलाई भइरहेको बताएका छन । उनले भने, ‘देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन ।  

घिसिङले यसपटकको सुख्खा याममा हिउँ र पानी समेत नपरेकाले पुस र माघ महिनामा हिमाली क्षेत्रमा हिउँ नपरेको गुनासो गरे । उनले भने पानी पर्नुपर्नेमा पानी समेत नपरेपछि वीरगन्ज र बिराटरनगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ गर्न बाध्य भएका छौं । अहिले विराटनगर र वीरगन्ज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो ।’

प्रतिक्रिया दिनुहोस