aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईएमई लाईफ इन्स्योरेन्सद्वारा सम्पति शुद्धिकरण तालिम प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
आईएमई लाईफ इन्स्योरेन्सद्वारा सम्पति शुद्धिकरण तालिम प्रदान

काठमाडौं । आई.एम ई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको छ । कान्तिपथको होटेलयल्लो प्यागोडामा सम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा व्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो । 

अपराधिक क्रियाकलाप र गैरकानुनीकाम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।  कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथाआतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराएकी थिइन थियो । 
 

प्रतिक्रिया दिनुहोस