aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अक्षय कुमार र क्रिकेटर वीरेन्द्र सहवागको अर्गानिक फार्मिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
अक्षय कुमार र क्रिकेटर वीरेन्द्र सहवागको अर्गानिक फार्मिङ

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार र पूर्व क्रिकेटर वीरेन्द्र सहवागले अर्गानिक फार्मिङ स्टार्टअप ‘टू ब्रदर्स अर्गानिक फार्म’ (टीबीओएफ) मा लगानी गरेका छन् । टीबीओएफले अक्षय कुमार र वीरेन्द्र सहवाग लगायतका लगानीकर्ताहरू मार्फत १४.५ करोड रुपैयाँ भारु उठाएको बताएको छ। टू ब्रदर्स अर्गानिक फार्मका अन्य लगानीकर्ताहरूमा तेजेश चित्लाङ्गी, दुर्गादेवी वाघ, क्रेस्ट भेन्चर्स, जावेद तापिया र राजु चेकुरी रहेका छन्।

यद्यपी अक्षय कुमार र वीरेन्द्र सहवागले कम्पनीमा कति पैसा लगानी गरेका छन् भन्ने खुलाइएको छैन । स्टार्ट–अपमा लगानी गर्ने बारे अभिनेता अक्षय कुमारले भने, ‘सबैका लागि राम्रो र स्वस्थ भविष्यतर्फ टीबीओएफको यात्राको हिस्सा बन्न पाउँदा म खुसी छु। म अर्गानिक खेती मार्फत ग्रामीण समुदायलाई सशक्त बनाउने त्द्यइँ को प्रतिबद्धतामा विश्वास गर्छु।’

 क्रिकेटर वीरेन्द्र सहवागले भने, ‘म त्द्यइँ को दिगो कृषि मिशन र ग्रामीण विकासलाई समर्थन गर्न पाउँदा उत्साहित छु। टीबीओएफले कृषकहरूको जीवन र स्वदेश तथा विदेशमा रहेका मानिसहरूको स्वास्थ्यमा ल्याएको सकारात्मक प्रभाव देख्दा खुशी लागेको छ।’

लगानीकर्ताबाट प्राप्त रकम उत्पादन क्षमता अभिवृद्धि, पूर्व तालिम केन्द्र स्थापना र स्वदेशी तथा अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धिमा प्रयोग गरिने टीबीओएफले जनाएको छ । साथै, यो कोष किसानहरूलाई मद्दत गर्न र महिलाहरूको लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्न प्रयोग गरिनेछ।

प्रतिक्रिया दिनुहोस