aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

युनाईटेड इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
युनाईटेड इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । युनाईटेड इन्स्यारेन्स कम्पनी कम्पनीले शेयर दाखिला खारेज (बुक क्लोज) को मिति तय गरेको छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि बैशाख १३ गतेदेखि बुक क्लोज गर्ने भएको हो । जस अनुसार बैशाख १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो सभामा सहभागी हुन पाउनेछन् । 

कम्पनीको विशेष साधारण सभा बैशाख २५ गते सोमबार बिहान अनमोल ब्याङकेट शंखमुल काठमाडौंमा हुने भएको छ । सो सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले पुस २६ गते मर्जर सम्झौता गरेका छन् । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस