
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बैशाख १६ गते सोमबार अर्थात आज देखि बिक्री खुला भएको छ । कम्पनीले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गरेको हो ।
यो आईपीओ छिटोमा बैशाख २० गतेसम्म विक्रीमा रहनेछ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा जेठ १४ गतेसम्म विक्री खुला हुने छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
कम्पनीले जारी गर्ने कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारी र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस