aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल रिपब्लिक मिडियाले पायो आईपीओ निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ बैशाख २०८०
नेपाल रिपब्लिक मिडियाले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडा । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले वैशाख ११ गते ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पूजीको ४४ दशमलव ९९ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । 

मेगा क्यापिटल कम्पनीको विक्री प्रबन्धक रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । ‘नेपाल रिपब्लिकमिडिया’ मिडिया क्षेत्रकै सर्वसाधारणमा आईपीओ जारी पहिलो कम्पनी बनेको छ । 
 

प्रतिक्रिया दिनुहोस