aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेन्छियाम हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ बैशाख २०८०
मेन्छियाम हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बुधवार (आज) बाँडफाँट हुँदैछ । बुधवार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आईपीओ बाँडफाँट गर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटले जानकारी दिएको हो ।कम्पनीको आईपीओमा मागभन्दा १४ दशमलव ४४ गुणाबढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । 

कम्पनीको आईपीओमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ९३ हजार ४९१ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने थप पाँचकित्ता शेयर पाँचजना आवेदकमा १÷१ कित्ताका दरले थप हुनेछ । बाँकी ११ लाख ३४ हजार ७०९जनाको हातभने खाली हुनेछ । 

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७लाख७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

त्यस्तै ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

कम्पनीले निर्माण गरेको संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–२ जलविद्युत आयोजनाले हाल परीक्षण उत्पादन शुरू गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस