काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ११ गते बसेको कम्पनीको होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना सञ्चालक निर्वाचन समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस