aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ बैशाख २०८०
ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका(७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार गरेको थियो । 

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

प्रतिक्रिया दिनुहोस