aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुलमानले दिए घरबेटीलाई कडा चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
कुलमानले दिए घरबेटीलाई कडा चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक  कुलमान घिसिङले घरबेटीलाई बिधुत व्यापार नगर्न चेतावनी दिएका छन् । आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापारमा नलाग्न भनेका हुन् । 

हाल घरबेटीहरुले डेरावालको बाध्यता र बिवशताको लाभ उठाउंदै बिधुतमा नाफा खाने गरेका छन् । उनले चेतावनी दिंदै भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ ।' घिसिङ्गले स्पष्ट थप स्पष्ट पारे,'१३ रुपैयाँ प्रति युनिट प्राधिकरणलाई  तिरेर २० रुपैयाँ उठाउन कसैले पनि पाउँदैनन् ।’

घिसिङले भन्नुभयो, “प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।” उहाँले त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के कति हो सो आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई आग्रह गर्नुभयो ।

उनले अब चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने समेत बताएका छन् । हाल समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् ।

विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने समेत उनले बताए । त्यस्ता चार्जिंग स्टेशन संचालन गर्नेले बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशतसम्म मात्र उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ । घिसिङ्गले  विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा जानकारी गराए । 

विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् ।  
यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशतसम्म खर्च  कम आउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस