aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले पाए मर्जरमा जान अन्तिम स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ बैशाख २०८०
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले पाए मर्जरमा जान अन्तिम स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीचको मर्जरलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति दिएको छ ।

यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन बैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदन अनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो ।

सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यीदुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यीदुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस