aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रावा इनर्जिको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
रावा इनर्जिको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले चैत २३ गतेदेखि वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आईपीओ विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १३ गते बाँडफाँट गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि चैत २३ गतेदेखि आईपीओ विक्री गरिरहेको छ । आयोजना प्रभावित स्थानीयले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिएको हो ।

कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आएको हो ।

उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस