aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हकप्रद शेयर विक्रीका लागि हिमाल दोलखाले पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
हकप्रद शेयर विक्रीका लागि हिमाल दोलखाले पायो बोर्डको अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न वैशाख १२ गते अनुमति प्रदान गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद शेयर विक्री पछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कम्पनीले यो हकप्रद विक्रीका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस