aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट  आईपीओ निष्कासनगर्ने अनुमति पाएको छ । कम्पनीले ८ लाख७० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख १३ गते अनुमति पाएको हो । 

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ । 

कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अप्पर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २ दशमलव ४ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ साल फागुन १५ गतेदेखि विद्युत उत्पादन शुरू गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस