aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

निजामती कर्मचारी हो तपाईका छोराछोरीले भर्न पाउने आवेदन खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
निजामती कर्मचारी हो तपाईका छोराछोरीले भर्न पाउने आवेदन खुल्यो

काठमाडौं । निजामती कर्मचारीका  छोराछोरीको छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गरेको हो । 

कर्मचारीका छोराछोरीलाई १५ दिनभित्र आवेदनमा कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्नेछन् ।

निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक लिएर अध्ययन गरिरहेकाले यो छात्रवृत्ति पाउने गरेका छन् । 

निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद् ऐन २०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका छोराछोरीले यो सेवा पाउने निर्देशिकामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस