aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रबद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तिमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव पहिलो चरणमा विद्युत नियमन आयोगबाट स्वीकृति पाउनुपर्नेछ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनुपर्नेछ ।

२०० प्रतिशत हकप्रद शेयर विक्रीबाट प्राप्त हुने रू. १ अर्ब ६० करोडमध्ये रू. ९६ करोड रकम २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्य्ुत आयोजनामा स्वपूँजीको रुपमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । यो बाहेक बाँकी रकम यस कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय पनि कम्पनीले गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस