aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल पुनर्बीमा कम्पनीद्धारा लाभांश घोषणा, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
नेपाल पुनर्बीमा कम्पनीद्धारा लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो । 

कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस