
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद शेयर निष्कासन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको जानकारी गराएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. २ अर्ब ९५ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस