
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिपि डब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
बिपि डब्लु लघुवित्तले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ८६ दशमलव ७८ देखि अधिकतम रु. २६० दशमलव ३४ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवार देखि कारोबारमा आउनेछ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट हुने जानकारी दिएको छ ।
त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ३७१ दशमलव ८२ देखि अधिकतम रु. १ हजार ११५ दशमलव ४६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवार देखि कारोबारमा आउनेछ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा बि.ओ.के क्यापिटल मार्केट लिमिटेड नक्सालबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस