
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएका छन् । यी दुई कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गरिदिएका हुन ।
एनआइसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४.७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधि रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६ औ वार्षिक साधारण सभाबाट पारित भएको ८.४२ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।
हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दुबै कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस