
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९१ प्रतिशत बढेको छ ।
गत आवमा कम्पनीले विद्युत विक्री बापत रू.२७ करोड ८८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५३ करोड ३९ लाख पुगेको हो । यसो त कम्पनीको नाफा भने गत आवको तुलनामा चालू आवमा ७८ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ५ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा भने रू. १ करोड ८ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तिय खर्च रू. ८ करोड ९१ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ७३ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ८० पैसा ,तरलता अनुपात १ दशमलव २८ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रूपैया ३० पैसा रहेको छ ।
हाल कम्पनीले निर्माण गरेको सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्बाध रुपमा विक्री गर्ने बातावरण बनाई कम्पनीलाई आर्थिक रुपले सबल बनाउने वित्तीय विवरण मार्फत उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस