aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सबैको लघुवित्तले २ कराेड २५ लाख लाभांश बाँडदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
सबैको लघुवित्तले २ कराेड २५ लाख लाभांश बाँडदै

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयर दिने भएको छ । कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएकाे छ ।

त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिनेछ । सबैको लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो । आइपीओपछिको यो पहिलो लाभांश हो । 


 

प्रतिक्रिया दिनुहोस