aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना

काठमाडौं । नेपालमा पाइने बहुमूल्य जडीबुटी सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ । डिभिजन वन कार्यालय झापाको रु सात लाख ५० हजार र स्थानीय कृषक दीपक नेपालको रु १३ लाख ५० हजारको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो ।

‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा नेपालमा पाइने १० प्रकारका जडीबुटी भण्डारण गर्ने सञ्चालक नेपालले बताए । उनले उच्याउली, तुलसी, लेमनग्रास, सेन्डउड, एग्रोउडलगायत १० भन्दाबढी जडीबुटीको सङ्कलन गरी बजारमा बिक्री गरिने बताए ।

प्रतिक्रिया दिनुहोस