aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाली बजारमा सस्तो फेन्च ब्रान्ड सिट्रोन भित्रियो, मूल्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
नेपाली बजारमा सस्तो फेन्च ब्रान्ड सिट्रोन भित्रियो, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा फेन्च ब्रान्ड सिट्रोनको सी ३ आइपुगेको छ । नेपालका लागि सिट्रोन गाडीको आधिकारीक वितरक सांग्रिला मोटर्सले उक्त गाडी नेपाली बजारमा ल्याएको हो । आकर्षक लुक्स र फिचरसहितको यो गाडीको सुरुवाती मूल्य सिट्रोन ३ को शुरूवाती मूल्य ३४ लाख ४९ हजार रूपैयाँ रहेको छ। यसको अधिकतम मूल्य ३६ लाख ३९ हजार रहेको छ।

सांग्रिला मोटर्सका प्रवन्ध निर्देशक हेमन्त गोल्छाले फेन्चकार ब्रान्ड विश्वासनीय रहेको र नेपालमा टप भेरियन्ट मात्रै उपलब्ध रहेको जानकारी गराए। भारतमा उत्पादित मोडल भएकाले नेपालको लागि उपयुक्त हुने बताए।  पेट्रोल इन्जिनमा उपलब्ध रहेको गाडी ११ सय ९८ सीसीको रहेको छ। १।२ लिटर पेट्रोल इन्जिनले गाडीले ५ हजार ७५० आरपीएममा ८२ पीएस पावर र ३ हजार ७५० आरपीएममा ११५ एनएम टर्क जेनेरेट गर्छ।

गाडीले प्रतिलिटर १९ किलोमिटरसम्म माइलेज दिने कम्पनीले जानकारी दिएको छ । गाडीको लम्बाई ३ हजार ९८१ एमएम, चौडाई १ हजार ७३३ एमएम, उचाई १५ सय ८६ र ह्वीलबेस २ हजार ५४० रहेको छ। गाडीको बुट स्पेश ३१५ रहेको छ। सी ३ मा ५ स्पीड म्यानुअल ट्रान्समिसन गियर बक्स दिइएको छ । झट्ट हेर्दा बोल्ड देखिने यो गाडी मुल्यका हिसाबले सस्ता रहेकाले पनि नेपालमा सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस