aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्युत विक्री आम्दानी घटेसँगै घट्यो सानिमा माई हाइड्रोको नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
विद्युत विक्री आम्दानी घटेसँगै घट्यो सानिमा माई हाइड्रोको नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले रू. ३५ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म रू. ४५ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २० दशमलव ४० प्रतिशत कम खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै खुद नाफामा प्रभाव परेको हो । गत वर्ष रू. ७४ करोडभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. ६२ करोडभन्दा बढी खुद नाफा गरेको हो ।

कम्पनीको वित्तीय खर्च गत वर्षभन्दा करिब १५ प्रतिशत कम भएको छ । गत वर्ष रू. १० करोड ८२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. ९ करोड २४ लाखभन्दा बढी वित्तीय खर्च गरेको हो ।

वित्तीय आम्दानी भने कम्पनीको गत वर्षभन्दा यस वर्ष करिब ३७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २ करोड ७२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ७४ लाखभन्दा वित्तीय आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रहेको छ । रिटेन्ड अर्निग रू. १ अर्ब ११ करोड ७४ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोषमा भने रू. २ अर्ब ३९ करोड ८३ लाखभन्दा बढी कायम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस