aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्ने

काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । वैशाख २१ गते दिउसो ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय समेत भएको छ । कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी पुस ३ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हकप्रद विक्रीबाट संकलित रकम कम्पनीको ५१ प्रतिशत शेयर रहेको सिकोस खोला जलविद्युत आयोजना र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड रहेको छ । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति पछि नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस