
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही वैशाख २६ गतेदेखि एकीकृत कारोबार शुरूगर्दै छन् ।
यी तीन ओटै जीवन बीमाकम्पनीले एकीकृत कारोबार प्रयोजनको लागिनेपाल स्टक एक्सचेन्ज (नेप्से)समक्षधितोपत्र कारोबार रोक्का राख्न अनुरोध गरेका छन् ।
कम्पनीहरूले एकआपसमा गाभ्ने र गाभिने सम्बन्धी निर्देशिका बमोजिम एकीकृत कारोबार पछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनःदर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बैशाख २६ गतेदेखि १५ कार्य दिन लागि शेयर कारोबार रोक्का गरिदिन नेप्से समक्ष अनुरोध गरेका हुन् । यी तीन कम्पनी समान हैसियतमा मर्जरमा जन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस