aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एउटा कम्पनीको शेयर बढ्दा रेखाले कमाइन् एकै दिनमा ३०० करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
एउटा कम्पनीको शेयर बढ्दा रेखाले कमाइन् एकै दिनमा ३०० करोड

एजेन्सी । रेखा झुनझुनवाला भारतका चर्चित स्वर्गीय लगानीकर्ता राकेश झुनझुनवालाकी पत्नी हुन् । उनको  टाइटन कम्पनीमा ठूलो सेयर छ । त्यसमाथि दुई महिना अघि मार्चमा  उनले सो कम्पनीको थप सेयरहरू किनेकी थिइन् ।

अहिले त्यही शेयरको मूल्य बढ्दा उनको सम्पत्ति एकै दिन तीन अर्ब भारु बढेको छ । यो कम्पनीको शेयर मूल्य पछिल्लो तीन वर्षमा २३० प्रतिशतले बढेको छ ।

शुक्रबार टाटा समूहको कम्पनी टाइटनको शेयरमा भएको वृद्धिले रेखा झुनझुनवालाको सम्पत्ति एकै दिनमा ३०० करोड रुपैयाँ बढेको हो । शुक्रबार टाइटनको शेयर २.३१ प्रतिशतले बढेर भारु.२७३२ मा बन्द भयो । जसबाट रेखाले एकै दिन ठूलो आम्दानी गर्न सफल भएकी हुन् ।

राकेश झुनझुनवालाको गत वर्ष निधन भएको थियो । त्यसयता रेखा झुनझुनवालाले आफ्नो पोर्टफोलियो सम्हाल्दै आएकी छिन् । अहिले रेखा झुनझुनवालाको टाइटनमा ठूलो शेयर हिस्सा छ ।

टाइटन कम्पनीको मार्च २०२३ को त्रैमासिकको शेयर होल्डिङ ढाँचाको तथ्याङ्क अनुसार रेखा झुनझुनवालाको टाइटनमा ५.२९ प्रतिशत सेयर छ । अर्थात्, उनीसँग टाइटनको कुल ४ करोड ६९ लाख ४५ हजार ९ सय ७० कित्ता सेयर छन् ।

शुक्रबार टाइटनको सेयर ६५ रुपैयाँले बढेको थियो । यो उछालका कारण रेखा झुनझुनवालाको सम्पत्ति तीन अर्ब ५ करोड १४ लाख ८८ हजार ५०रुपयाँ भारुले बढेको छ । पछिल्लो एक वर्षमा टाइटनको सेयरमा करिब २४ प्रतिशतले उछाल आएको छ । टाइटनको शेयर एक वर्षमा भारु २२ सय ७ देखि भारु २७३४ सम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस