aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाँचथर पावरले कमायो ८ करोड ६० लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
पाँचथर पावरले कमायो ८ करोड ६० लाखभन्दा बढी नाफा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म रू. १३ करोड ९१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफामा यस वर्ष कमि आएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले खुद नाफामा पनि असर परेको हो । गत वर्ष रू. ३१ करोड ८२ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २९ करोड ४२ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष रू. ८ करोड ३२ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ९ करोड ३४ लाखभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाख रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ५६ लाखभन्दा बढी कायम भएको छ ।

कम्पनीको कर्जा रकम गत वर्षभन्दा कम भएको छ । गत वर्ष रू. १ अर्ब २० करोडभन्दा बढी रहेको कर्जा रकम यस वर्ष रू. १ अर्ब १ करोडभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव शून्य ९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस