aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ जारी गर्दै यूनिटेक हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
आईपीओ जारी गर्दै यूनिटेक हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेकोसाधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धका लागि लक्ष्मी  क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य ले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गाविसहरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस