aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बोनसको कर जम्मा गर्न आइएमई जनरलको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
बोनसको कर जम्मा गर्न आइएमई जनरलको आग्रह

 काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आव २०७४ /७५ को नाफाबाट शेयरधनीको लागि ५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले असार १५ गतेसम्मका कायम शदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गर्न अनुरोध गरेको छ । 

साथै, कम्पनीले बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर पूर्ण रुपमा फुकुवा भएपछि तथा अभौतिकिकरण नगरेका शेयरधनीको हकमा भने हितग्राही खाता उपलब्ध भएपछि मात्र उक्त बोनस खातामा पठाउने जानकारी गराएको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आएएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस