aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यूनिटेक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
यूनिटेक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन  गर्ने भएको छ । कम्पनीले ३६ करोड ६७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको हो । 

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्यले हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले ताप्लेजुङ जिल्लाको साबिक फावाखोला, तिरिङ्गे र सिकैचा गाविसमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणाधीन रहेको छ । अहिलेसम्म यो आयोेजनाको ९० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस