aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्युत विक्री आम्दानीमा कमि आएसँगै घट्यो विन्ध्यबासिनी हाइड्रोपावरको नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
विद्युत विक्री आम्दानीमा कमि आएसँगै घट्यो विन्ध्यबासिनी हाइड्रोपावरको नाफा

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ करोड ४१ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १२ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी कम भएसँगै खुद नाफा घट्न पुगेको हो । गत वर्ष यस अवधिसम्म रू. ३१ करोड ६८ लाखभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. २१ करोड २ लाखभन्दा बढीको मात्र विद्युत विक्री गरेको हो ।

गत वर्ष कुल आम्दानी रू. ३२ करोड ४३ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. २७ करोड ८१ लाखभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोष रकम रू. १ अर्ब १९ करोडभन्दा बढी छ ।

यस वर्ष कम्पनीको सुरक्षित कर्जा रकम कम भएको छ । गत वर्ष रू. १ अर्ब ८५ करोडभन्दा बढी रहेको सुरक्षित कर्जा यस वर्ष रू. १ अर्ब ७८ करोडभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने गत वर्ष रू. ३ करोड ३५ लाखभन्दा बढी भएकोमा यस वर्ष रू.४ करोड १४ लाखभन्दा बढी पुगेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६९ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस