aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ईङवा हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा बाँडफाँट, भाग्यमानीले ९ जना पाए ११ कित्तासम्म शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
ईङवा हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा बाँडफाँट, भाग्यमानीले ९ जना पाए ११ कित्तासम्म शेयर

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बिहान सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख १३ देखि वैशाख १७ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता र सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

तोकिएको अवधिभित्र कुल १२ लाख ३ हजार ९९५ जना आवेदकबाट १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमाबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कुल आवेदनकहरूमध्ये ११ लाख ९९ हजार ६७ जनाको आवेदन योग्य भएको छ । योग्य आवेदकहरूमध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले आईपीओ पाएका छन् ।  शेयर पाएका १ लाख २६ हजार ८६३ जना मध्ये ९ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् । 

कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत्उत्पादन शुरू गर्ने लक्ष्य लिईएको छ । 

निर्माण अवधिको ब्याज सहित यस आयोजना निर्माण लागत प्रतिमेगावाट औसत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल अनुमानितलागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २०७७ साल मंसिर १४ गतेदेखि २११० साल असार २६ गतेसम्म रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस