
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सुपर मादी हाइड्रोपावर लिमिटेड रू. १ करोड ७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले निर्माण गरेको कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाबाट चैत २७ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । चार दिनमा कम्पनीले रू. १ करोड ३२ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ ।
तेस्रो त्रैमाससम्म वित्तीय खर्च रू. १ करोड २ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । जगेडा कोष रकम भने रू. १ करोड ३२ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
सुरक्षित कर्जा गत वर्ष रू. ५ अर्ब १९ करोड ३४ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ५ अर्ब ७५ करोड १६ लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ३७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस