
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक–आपसमा मर्जपछि आजबाट एकीकृत कारोबार शुरु भएको छ । दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ ।
दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।
आइएमई जनरल र प्रुडेन्सियलबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएका थिए । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने भएका हुन् ।
मर्जपछि बन्ने नयाँ कम्पनीको संयुक्त चुक्ता पुँजी ३ अर्ब नाघेको छ। आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी एकीकृत भएको हो। संयुक्त कारोबारपछि कम्पनीको कुल पुँजी ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो।
प्रतिक्रिया दिनुहोस