aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शुभम पावरले नौं महिनामा कमायो करिब ५१ करोड नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
शुभम पावरले नौं महिनामा कमायो करिब ५१ करोड नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शुभम पावर लिमिटेडले रू. ५० लाख ६१ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १८ लाख ७४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १७० प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करिब ५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ करोड ९६ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ५ लाखभन्दा विद्युत विक्री आम्दानी गरेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा खुद नाफा घट्न पुगेको हो ।

गत वर्ष रू. ६१ लाख २२ हजारभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ७२ लाख २६ हजारभन्दा बढी वित्तीय खर्च भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. १ करोड ३० लाखभन्दा बढी ऋणात्मक रहेको छ ।

कम्पनीको सुरक्षित कर्जा रकम गत वर्षको तुलनामा कम भएको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी रहेको सुरक्षित कर्जा यस वर्ष रू. ३ करोड ४९ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ८३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ५० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस