aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नाडाको माग : भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
नाडाको माग : भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु पर्ने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक बर्ष २०८०÷८१ को बजेट सुझावको सुझाव दिएको छ । व्यावसायीक रुपमा प्रयोग हुने चारपाँगे्र सवारी तथा ढुवानीका  साधनहरु भन्सार र अन्तःशुल्क महशुल तथा सडक मर्मत सुधार शुल्क घटाउनु पर्ने माग राखेको छ । 

 एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल बिद्युतिय सवारी साधनहरु मोटर साइकल, स्कुटर , रिक्सा, कार, जिप, भ्यानको पार्टपुर्जा पैठारी गर्दा भन्सार महशुलमा छुट हुनु पर्ने माग राखेको छ ।

त्यस्तै, विद्यमान ब्यवस्थामा दिइएको ७५ प्रतिशत भन्सार महशुल छुट सबै प्रकारका एसेम्बलिङ उद्योगलाई दिइएमा त्यस्ता उद्योगहरुमा स्थिरताको बाताबरण सिर्जना गर्न मद्दत हुने नाडाले मन्त्रालयमा पेश गरेको सुझावमा उल्लेख छ । सवारी साधन एसेम्बल उद्योगलाई दिदै आएको ५० प्रतिशत अन्तःशुल्क महशुल छुटको व्यवस्था बजेटको सट्टा ऐन मै स्थायी रुपमा व्यवस्था गर्न समेत माग गरेको छ । 

नाडाको सुझाव

प्रतिक्रिया दिनुहोस