aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मारुती सुजुकीले २०३० सम्ममा ५.५ अर्ब डलर  लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
मारुती सुजुकीले २०३० सम्ममा ५.५ अर्ब डलर  लगानी गर्ने

एजेन्सी । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो उत्पादन दोब्बर बनाउने योजनामा सार्वजनिक गरेको छ । कम्पनीले सन् २०३० सम्ममा उत्पादन क्षमता दोब्बर गरी ४० लाख सवारी साधनमा पु¥याउन ५.५ अर्ब डलर  लगानी गर्नेछ । स्थानीय बजार र निकासीमा आफ्नो हिस्सा बढाउने उद्देश्यले कम्पनीले उत्पादन दोब्बर गर्न लागेको हो ।  मारुती सुजुकीले दुई नयाँ सुविधाहरूमा २,५०,००० युनिट क्षमताको ८ वटा एसेम्बली लाइनहरू सुरु गर्ने जनाएको छ।

 हरियाणाको खरखोडामा पहिलो युनिटको निर्माण सुरु भएको छ । मारुती सुजुकीको हाल गुजरातको महेसाना र गुरुग्रामको मानेसरमा २० लाख युनिटको कुल स्थापना क्षमता छ।

प्रतिक्रिया दिनुहोस