aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोदी ईनर्जीको आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
मोदी ईनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ आगामी बाँडफाँट भएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले आइतवार बिहान क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको  २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो । 

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस