aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्रीमा

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको हो । 

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्नेछ । 

कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर बिक्री खुला गरेको हो ।  पहिलो चरणको आईपीओ विक्रीपछि कम्पनीले दोस्रो चरणको आईपीओ जेठ २६ गतेदेखि विक्री गर्ने भएको छ । 

१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री पछि बाँकी रहेको शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  यी वाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ । 

दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउने शेयर विक्री अवधि छिटोमा जेठ ३० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ८ गतेसम्म विक्री लम्बिनेछ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न सुरु गरेको हो । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।

प्रतिक्रिया दिनुहोस